काठमाण्डौ । विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ भोलि बिहीबारबाट कारोबारमा आउने भएको छ।
यो कम्पनीको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएसँगै भोलिबाट कारोबारमा आउने भएको हो। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गर्छ।
नेप्सेमा यो कम्पनीको १ करोड कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ७५ लाख कित्ता, स्थानीयको १० लाख कित्ता र सर्वसाधारणको १५ लाख कित्ता रहेका छन्।
नेप्सेले यो कम्पनीलाई बीएचडीसी कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम १११.३४ रुपैयाँदेखि अधिकतममा ३३४.०२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।
यदि भोलि यो कम्पनीको सेयर स्पेसल प्रिओपन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ।
यो कम्पनीले जेठ २० गतेदेखि तेस्रो साता सर्वसाधारणलाई आईपीओ बिक्री गरेको थियो। आईपीओ बाँडफाँड भने असार ३ गते भएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago