काठमाण्डौ । माछापुच्छ्रे बैंक र फ्री एजुकेसनल कन्सल्टेन्सिज अर्गनाइजेसनल नेपाल (फेकन) बीच विशेष बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी व्यवसायिक सम्झौता भएको छ।
सम्झौतापत्रमा फेकनका तर्फबाट अध्यक्ष बासु नेपाल तथा माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत टीका भट्टराईले हस्ताक्षर गरेका छन्। सम्झौतापश्चात फेकनमा आवद्ध कन्सल्टेन्सीहरुलाई बैंकले शैक्षिक कर्जा एवं अन्य आवश्यक बैंकिङ सेवा सरल र सहज रुपमा उपलब्ध गराउनेछ। बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट संघ तथा संघमा आबद्ध कन्सल्टेन्सीहरुलाई निक्षेप खाता, शैक्षिक कर्जा तथा अन्य बैंकिङ सुविधाहरुमा विशेष सहुलियत प्रदान गर्नेछ।
यसका साथै उक्त सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकले फेकनसँग आबद्ध कन्सल्टेन्सीहरुबाट सजिलै शैक्षिक शुल्क भुक्तानी गर्न सक्नेछन्।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, ६७ शाखारहित बैंकिङ सेवा तथा २०७ एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19