काठमाण्डौ । माछापुच्छ्रे बैंक र फुडमाण्डु प्रालिबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ। 

सम्झौताअनुसार माछापुच्छ्रे बैंक फुडमाण्डुको आधिकारिक बैंकिङ पाटर्नर हुनेछ। फुडमाण्डुका तर्फबाट अध्यक्ष मनोहर अधिकारी तथा माछापुच्छ्रे बैंकका तर्फबाट चिफ बिजनेस अफिसर टीका भट्टराईले बैंकका चिफ डिजिटल बैंकिङ अफिसर माधव सुवेदीको  उपस्थितिमा हस्ताक्षर गरेका छन्। 

यसका साथै माछापुच्छ्रे बैंकका ग्राहकले फुडमाण्डुमा आवद्ध भएका विभिन्न होटेल तथा  रेस्टुरेन्टमार्फत खाना अर्डर गरी अनलाइनमार्फत बैंकको क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा दैनिक २० प्रतिशत (बढीमा रु. ३००) सम्मको क्यासब्याक पाउन सक्नेछन्। बैंकले आउँदै गरेको दसैँ, तिहार, एवं छठ पर्वका अवसरलाई मध्यनजर राखी ३ महिनाका लागि उक्त क्यासब्याक योजना प्रदान गर्ने जनाएको छ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकलाई आर्कषक छुट प्रदान गर्दै आएको छ। 

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ सेवा तथा २०७ एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।