काठमाण्डौ । माछापुच्छ्रे बैंकका क्रेडिटकार्ड प्रयोगकर्तालाई ईएमई सुविधामा टीभी तथा इन्टरनेट प्याकेज उपलब्ध गराउने सम्बन्धमा माछापुच्छ्रे बैंक, NITV Streamz Private Limited र Worldlink Communications Ltd  बीच त्रिपक्षीय सम्झौता भएको छ। 

सम्झौतापत्रमा NITV Streamz र Worldlink Communications का तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारी र केशव नेपाल तथा माछापुच्छ्रे बैंकका तर्फबाट नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन्। 

सम्झौताबमोजिम बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताले बैंकको इन्स्टापे सुविधामार्फत टीभी तथा इन्टरनेटसम्बन्धी विभिन्न कम्बो प्याकेज ईएमआईमा लिन सकिने व्यवस्था गरिएको छ। आउदो दसैँ, तिहार एवं छठ पर्वलाई लक्षित गरी NITV Streamz र Worldlink Communications ले सञ्चालन गरेको FESTVTY offer मा ग्राहकले करिब ५६% सम्मको छुट पाउन सक्नेछन्। 

बैंकका ग्राहकले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा इन्स्टापेबाट उपभोग गर्न सक्नेछन् । बैंकको क्रेडिट कार्ड नभएका ग्राहकले अनलाइन मार्फत कार्डको लागि आवेदन दिन सक्नेछन्। हाललाई यो सुविधा Worldlink Communications र NITV Streamzको नेपाल स्थित सबै कार्यालयमार्फत उपलब्ध गराइनेछ। 

यस बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसंग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकलाई आकर्षक सुविधा प्रदान गर्दै आएको छ।