काठमाण्डौ । इक्रा नेपालले जाल्पा सामुदायिक लघुवित्त र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको रेटिङ पुनःपुष्टि गरेको छ। 

इक्रा नेपालले जाल्पा सामुदायिक लघुवित्तलाई (इक्राएनपी–आईआर)बीबी निष्कासनकर्ता रेटिङ पुनःपुष्टि गरेको छ। 

यसैगरी इक्रा नेपालले राष्ट्र उत्थान लघुवित्तलाई (इक्राएनपी–आईआर)बीबी निष्कासनकर्ता रेटिङ पनि पुनःपुष्टि गरेको छ। 

उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। यो रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयतासम्बन्धी रायमात्र रहेको र यो कुनै खास ऋणपत्र बिशेषको राय भने नरहेको इक्राले स्पष्ट पारेको छ।