काठमाण्डौ । कुमारी बैंकले ग्राहकका लागि चाडपर्वलक्षित विभिन्न योजनाहरु ल्याएको छ। 

नेपालीहरुको महान चाड दसैँ, तिहार र छठलाई लक्षित गरी बैंकले आकर्षक योजनाहरु ल्याएको हो। बैंकले एफवान सफ्ट पालि र फोनपेसँग सहकार्यमा ल्याएको ती योजनामा ग्राहकलाई आकर्षक छुट, क्यासब्याक र उपहारको व्यवस्था गरिएको छ। यी योजनाहरुले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने विश्वास बैंकको छ। 

यस्ता छन् कुमारी बैंकका योजनाहरु–

बैंकले देशभर १९८ शाखा, १९५ एटीएम, ५३ शाखारसहित बैंकिङ इकाइ र २४ वटा एक्सटेन्सन काउन्टबाट बैंकिङ सेवाहरु प्रदान गरिरहेको छ। बैंकिङ सुविधाको पहुँच हरेक नागरिकमा पुग्नुपर्ने बैंकको विश्वास छ। बैंकले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।