काठमाण्डौ । महँगा गाडीलगायतका विलासिताका वस्तुको आयातमा लागेको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउन सिफारिस गरिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महँगा गाडी, मोटरसाइकल, मोबाइल, मदिरालगायतका वस्तुको आयातमा लागेको प्रतिबन्ध लम्ब्याउन सिफारिस गरेको हो। मन्त्रालयको अब सिफारिससँगै आजै सरकारले जिप, भ्यान, कार, १५० सीसी माथिका मोटरसाइकल, ३०० डलरभन्दा बढीका स्मार्ट फोन र विदेशी मदिरा आयातमा लागेको प्रतिबन्ध लम्ब्याउनेछ।
विदेशी मुद्राको सञ्चितीमा अझै सुधार नभएकोले मन्त्रालयले आयात प्रतिबन्धलाई निरन्तरता दिन सिफारिस गरेको मन्त्रालय स्रोत बताउँछ। ‘मन्त्रालय बिहीबार नै प्रतिबन्धलाई निरन्तरता दिन प्रधानमन्त्री कार्यालयमा सिफारिस पठाएको छ’, स्रोत भन्यो।
सरकारले गत वैशाखमा १० प्रकारका वस्तुमा असार मसान्तसम्म आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो। त्यसपछि सरकारले प्रतिबन्धलाई असार ३१ सम्म लम्ब्याएको थियो । गत भदौ १४ मा कुरकुरे, हीरालगायतका ६ प्रकारका वस्तुको प्रतिबन्ध फुकुवा गर्दै सरकारले गाडी, मोटरसाइकल, मोबाइल र विदेशी मदिराको आयात प्रतिबन्धलाई निरन्तरता नै दिएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19