काठमाण्डौ । निर्वाचन आयोगले उम्मेदवारहरुको चुनावी खर्चको लेखापरीक्षण प्रतिवेदन मंसिर १९ गतेभित्र बुझाउन निर्देशन दिएको छ।
आयोगले कोणसभा, आमसभालगायतमा उम्मेदवारले गरेको खर्चको लेखापरीक्षण प्रतिवेदन मंसिर १९ गतेभित्र बुझाउन उम्मेदवारलाई निर्देशन दिएको हो। उम्मेदवारले कात्तिक १७ गतेबाट कोणसभा तथा आमसभा गर्न पाउनेछन्। त्यस्ता सभाका खर्च मंसिर १९ गतेभित्र आयोगमा बुझाउनुपर्नेछ।
खर्चको लेखापरीक्षण मान्यता प्राप्त लेखापरीक्षकबाट गराउन पनि आयोगले निर्देशन दिएको छ। कानुनी व्यवस्थालाई व्यवहारिक कार्यान्वयनका लागि यसपटकबाट आयोगले उम्मेदवारलाई खर्च लेखापरीक्षण गर्न लगाउने भएको हो।
यो व्यवस्थाले आयोगले तोकेको सीमाभित्र उम्मेदवारको खर्च लेखापरीक्षकले जाँचबुझ गर्नेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19