काठमाण्डौ । प्रतिनिधिसभातर्फ काठमाण्डौ क्षेत्र नं. ७ को प्रारम्भिक मतगणनाको नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी)का गणेश पराजुलीले अग्रता लिएका छन्।
पराजुलीलाई स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले पछ्याइरहेका छन्। पराजुलीले १७७ मतसहित अग्रता लिएका छन् भने कायस्थले १०८ मत पाएका छन्।
एमालेका उम्मेदवार श्यामकुमार घिमिरे तेस्रो र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी मानुषी यमी भट्टराई चौथो स्थानमा छन्। घिमिरेले ९३ मत र भट्टराईले ७५ मत पाएकी छन्।
यसैगरी हाम्रो नेपाली पार्टीका प्रबन्ध पोखरेल र राप्रपाका ध्रुवविक्रम मल्लले क्रमशः ५२ र ५० मत पाएका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago