काठमाण्डौ । प्रतिनिधिसभातर्फ काठमाण्डौ क्षेत्र नं. ७ को मतगणनाको ताजा नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी)का गणेश पराजुलीले अग्रता कायमै राखेका छन्।
पराजुलीले ३७५ मतसहित अग्रता लिएका हुन्। उनलाई एमालेका उम्मेदवार श्यामकुमार घिमिरे पछ्याइरहेका छन्। घिमिरेले ३०४ मत पाएका छन्।
सत्ता गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी मानुषी यमी भट्टराई २९० मतका साथ तेस्रो स्थानमा उक्लिएकी छन्।
हालसम्म यो क्षेत्रमा हाम्रो नेपाली पार्टीका प्रबन्ध पोखरेलले १०१ र राप्रपाका ध्रुवविक्रम मल्लले ८४ मत पाएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19