काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर ६ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी)ले सुरुआती अग्रता लिएको छ।
काठमाण्डौ–६मा २०० मत गनिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ८० मतका साथ अग्रता लिएका छन्। उनलाई एमालेका सर्वेन्द्र खनालले पछ्याइरहेका छन्। खनालले ५१ मत प्राप्त गरेका छन्।
तेस्रो स्थानमा कांग्रेसका भीमसेनदास प्रधान छन्। उनले ३८ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्यले १४ मत पाएका छन्।
यसैगरी काठमाण्डौ–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले सुरुआती अग्रता लिएका छन्। विराजभक्तलाई हाम्रो नेपाली पार्टीका सुमन सायमीले पछ्याइरहेका छन्।
विराजभक्तले ६०७ मत पाउँदा सुमनले ५९१ प्राप्त गरेका छन्। एमालेका शिवराम राजवैद्य ३०४ मतका साथ तेस्रो स्थानमा छन्।
सत्ता गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २१३ र राप्रपाका प्रकाश रिमालले २०३ मत पाएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19