काठमाण्डौ । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसीले प्रारम्भिक अग्रता लिएका छन्।
अहिले कीर्तिपुरको त्रिवि स्मृति भवनमा यो क्षेत्रको मतगणना भइरहेको छ। प्रारम्भिक मतगणनाअनुसार केसीले १ हजार ८० मत ल्याएका छन्।
केसीका निकटम प्रतिद्वन्द्वीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्ट देखिएका छन्। उनले ६९५ मत ल्याएर केसीलाई पछ्याइरहेका छन्।
यो क्षेत्रमा एमालेका हिमेश केसी उम्मेदवार छन्। उनी ६७२ मतका साथ तेस्रो स्थानमा छन्। माओवादी केन्द्रकी अञ्जना विशंखे ५९५ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापा १६० मतका साथ क्रमशः चौथो र पाँचौँ स्थानमा छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19