काठमाण्डौ । अहिले विभिन्न स्थानमा मतगणना कार्य जारी रहेको छ। 

मतगणनाको पछिल्लो परिणामअनुसार प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले २८ क्षेत्रमा अग्रता लिइरहेको छ। एक क्षेत्र रहेको मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भइसकेका छन्।

त्यस्तै एमालेले १५ ठाउँमा अगाडि देखिएको छ। अग्रताका हिसाबले एमाले दोस्रो स्थानमा रहेको छ। 

उता राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ७ ठाउँमा अग्रता लिइरहेको छ। यो पार्टी तेस्रो स्थानमा छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले पनि ४–४ स्थानमा लिड गरिरहेका छन्। 

यसैगरी माओवादी केन्द्रले ३ क्षेत्रमा अग्रता लिरहेको बेला जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी २–२ स्थानमा अगाडि छन्।

उता प्रदेशसभातर्फ कांग्रेसका उम्मेदवार मुस्ताङ (क)मा विजयी भइसकेको छ। कांग्रेस अहिले १३ क्षेत्रमा अग्रता लिइरहेको छ। 

एमाले प्रदेशसभामा १८ क्षेत्र, माओवादी केन्द्रले ५ क्षेत्र, राप्रपा ३ क्षेत्र र नागरिक उन्मुक्ति पार्टी ४ क्षेत्रमा अग्रस्थानमा रहेका छन्।