काठमाण्डौ । डडेल्धुरामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा भारी मतान्तरले अग्रता कायमै राखेका छन्।

पछिल्लो मतपरिणामअनुसार देउवाले ६ हजार ६४२ मत प्राप्त गरेका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ३ हजार २१८ मतले पछाडि पारेका छन्।

देउवाका निकटतम प्रतिद्वन्द्वीमा स्वतन्त्र उम्मेदवार सागर ढकाल छन्। उनले अहिलेसम्म ३ हजार ४२४ मत प्राप्त गरेका छन्। 

डडेल्धुरामा कांग्रेस (बीपी) का कर्ण मल्ल तेस्रो स्थानमा छन्। उनले १ हजार ८६२ मत प्राप्त गरेका छन्।