काठमाण्डौ । प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनामा नेकपा एमालेले १ लाख मत कटाएको छ।

अहिलेसम्म गणना भएको ३ लाख ५० हजार सदर मतमध्ये पहिलो स्थानमा रहेको एमालेले १ लाख १ हजार ६६५ मत प्राप्त गरेको छ। जुन २९ प्रतिशत हो। 

दोस्रो स्थानमा कांग्रेस छ। कांग्रेसले २५ प्रतिशत अर्थात ८७ हजार २२५ मत पाएको छ। तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी चिह्न)ले ४६ हजार ३५२ मत पाएको छ। जुन हालसम्म गणना भएको सदर मतको १३.२२ प्रतिशत हो।

चौथो स्थानमा रहेको माओवादी केन्द्रले ३८ हजार २८८ अर्थात ११ प्रतिशत र राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार ९९८ अर्थात ७ प्रतिशत प्राप्त गरेका छन्। 

त्यस्तै जसपाले ८ हजार १३४, जनमत पार्टीले ७ हजार ४६२ मत, नागरिक उन्मुक्ति पार्टीले ७ हजार ४६२, नेमकिपाले ५ हजार ४३४, नेकपा एसले ५ हजार ८३ ले मत पाएका छन्।

बाँकी अन्य दलहरुले मत १९ हजार ४३० मत प्राप्त गरेका छन्।