 
                     
                                
                             
                                    काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ काठमाण्डौ २, ७ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी चिह्न)का उम्मेदवारहरु विजयी भएका छन्।
काठमा–२ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी हुन्। उनले १५ हजार २२९ मत प्राप्त गरेकी छन्।
निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मणिराम फुँयालले ११ हजार ५५५ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीदेवी पोखरेलले ११ हजार १४ र माओवादी केन्द्रकी ओनसरी घर्तीले ९ हजार ४४९ मत पाएकी छन्।
यसैगरी काठमाण्डौ–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी भएका छन्। पराजुलीले ८ हजार ७४३ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८०० मत ल्याएका छन्। माओवादी केन्द्रकी मानुषी यमी भट्टराई ६ हजार ६३ मत ल्याएर तेस्रो स्थानमा रहेकी छिन्।
यसैगरी काठमाण्डौ–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ १० हजार १०५ मत ल्याएर विजयी भएका छन्। श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले ५ हजार ८८९ मत ल्याएका छन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19