 
                     
                                
                             
                                    काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले पनि १ लाख मत कटाएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रले १ लाख ३६४ मत पाएको छ।
यसअघि समानुपातिकतर्फ सबैभन्दा पहिले नेकपा एमाले १ लाख मत कटाएको थियो। त्यसपछि नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ १ लाख मत कटाएका थिए।
पछिल्लो मतपरिणामअनुसार हाल समानुपातिकतर्फ एमालेले २ लाख ४१ हजार ५९४ मत पाइसकेको छ।
यसैगरी कांग्रेसले २ लाख १८ हजार ७०७ र राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख ११ हजार ३९४ ल्याएका छन्। हालसम्म राप्रपाले ५७ हजार २३६ मत प्राप्त गरेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19