 
                     
                                
                             
                                    काठमाण्डौ । इन्टरनेट सेवा प्रदायकहरुले नेपाल विद्युत् प्राधिकरणले पोल भाडाका नाममा तार काट्ने गरेकाले जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएका छन्।
इन्टरनेट सेवा प्रदायकहरुका संस्था आइस्पानले सोमबार पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएको हो। विद्युत् प्राधिकरणले एकतर्फी रुपमा आफूखुसी पोल भाडा बढाएको र आफूहरुको मागका विषयमा पनि कुनै सुनुवाइ नगरेकाले जुनसुकै बेला पनि सेवा अवरुद्ध हुन सक्ने चेतावनी आइस्पानले दिएको हो।
प्राधिकरणको भाडादरका कारण उपभोक्तालाई समेत असर पर्ने भएको उल्लेख गर्दै आइस्पानले डिजिटल नेपालको मर्मविपरीत भएकाले राज्यको उच्चस्तरीय समिति गठन भई प्रतिवेदन दिएको तर प्राधिकरणले उक्त प्रतिवेदन कार्यान्वयन गर्न नमानेको जनाएको छ। प्राधिकरणले पुरानै भाडा तिर्ने र बढेको भाडा पनि तिर्ने सम्झौता गर्न दबाब दिइरहेको र भाडाकै निहुँमा इन्टरनेटको तार काटिरहेको आइस्पानले जनाएको छ।
प्राधिकरणले जबरजस्ती ६ सयदेखि ७ सय प्रतिशत पोल भाडा बढाएर मानवअधिकारको समेत उल्लंघन गरेको आइस्पानले जनाएको छ।
देशमा अतिआवश्यक इन्टरनेट सेवा प्रवाह गर्न, देशमा इन्टरनेट सेवा ठप्प हुनबाट जोगाउन र मानवअधिकार स्थापित गर्न आइस्पानले सम्बन्धित मन्त्रालय, निकाय तथा मानवअधिकार आयोगलाई अविलम्ब आवश्यक हस्तक्षेपकारी भूमिका निर्वाह गर्न पनि आग्रह गरेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19