काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बीपीडब्ल्यू लघुवित्त र सगरमाथा जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ।
सेबोनले बीपीडब्ल्यू लघुवित्तलाई चुक्तापुँजीको ३२.३३ प्रतिशत र सगरमाथा जलविद्युतलाई चुक्तापुँजीको ४९ प्रतिशतले हुन आउनेबराबरको आईपीओ निष्कासन गर्न अनुमति दिएको हो।
सेबोनको अनुमतिसँगै अब बीपीडब्ल्यूले १०० अंकित दरका कुल ९७ हजार कित्ता आईपीओ बिक्री गर्नेछ। यो आईपीओको बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ।
यसैगरी सगरमाथा जलविद्युतले १०० अंकित दरका कुल ५४ लाख ८८ हजार कित्ता आईपीओ जारी गर्नेछ। कम्पनीले स्थानीय र सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्नेछ।
सगरमाथा जलविद्युतको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago