काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट अन्तर्राष्ट्रिय गन्तव्यको टिकट काट्नेको संख्या बढ्दै गएको छ। 

पछिल्ला दिनमा नेपाली तथा विदेशीहरु इसेवामा सेवा सहज र सरल हुँदै गएका कारण विदेश भ्रमणमा रहँदा सबैभन्दा पहिले इसेवाको मोबाइल एपमार्फत टिकट काट्न थालेका हुन्। इसेवाले अन्तराष्ट्रिय गन्तव्यका लागि थप सुविधाहरु प्रदान गर्दै गइरहेको छ। 

इसेवाले नेपालको आन्तरिक उडानको क्षेत्रमा लामो समयदेखि टिकट बिक्री गर्दै आएकोमा अन्तर्राष्ट्रिय उडानहरुको समेत टिकट विक्री गर्दा यसप्रति आकर्षण बढ्दै गएको हो। इसेवाको सेवामार्फत वैदेशिक यात्रामा जाने हरेक नेपालीले इसेवामार्फत कुनै पनि देशका गन्तव्यका हवाई टिकट सहजै काट्न सकिनेछ। 

इसेवा टुर्स एन्ड ट्राभल्सले आफ्नो सुरुआतदेखि नै अहिलेसम्म ६० हजारभन्दा धेरै यात्रुलाई अन्तर्राष्ट्रिय गन्तब्यको सुविधा दिइसकेको छ। इसेवामा विश्वका जुनसुकै देशका तथा नेपाल आउने टिकट काट्न मिल्ने सुविधा रहेको छ। 

देशभर १ लाख ६५ हजारभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन्। इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ।