काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र सही बाटोतर्फ लैजान सहकार्य जरुरी रहेको बताएका छन्। 

इकोनोमिक मिडिया सोसाइटी नेपालका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सम्मानमा कमर्समा आयोजित स्वागत कार्यक्रममा अध्यक्ष मल्लले यस्तो धारणा राखेका हुन्। ‘सरकारले प्रतिबद्धता गरेका कतिपय सुविधाहरु व्यवहारमा उपलब्ध हुन नसकेका कतिपय उदाहरणहरु छन्’, उनले भने, ‘यी प्रतिबद्धताहरु शब्दमा मात्र सीमित रहेकाले प्रभावकारी कार्यान्वयनका लागि सम्वन्धित पक्षलाई घच्घच्याउन मिडियाको भूमिका अपरिहार्य छ।’ 

सरकारका आर्थिक अजेन्डामा आफूहरुको समान दायित्व भएकोले आफूहरु सहकार्य गर्दै अगाडि बढ्नु जरुरी रहेको मल्लले बताए।