काठमाण्डौ । नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोन सेवाका विभिन्न पूरक सेवाहरु लिंदा लाग्ने शुल्क हटाएको छ । यी सबै सुविधा लिंदा पहिले केही शुल्क लाग्दै आएकोमा साउन १ देखि ती सुविधा निःशुल्क रुपमा उपलब्ध गराउन थालिएको कम्पनीले जनाएको छ ।
ल्याण्डलाइन टेलिफोनमा कसैले कल गरेकोमा कलरको नम्बर देखिने सुविधा(कलर आईडी) लिनका लागि सुरुमा शुल्क लाग्दै आएकोमा अब यो निःशुल्क भएको छ ।
त्यसैगरी, आइएसडी सेवा आफैले बन्द गर्न र खोल्न सकिने, बारम्बार डायल गर्नुपर्ने नम्बरलाई कुनै दुई अंकमा सेभ गरी सोही दुई अंक थिची नम्बर डायल गर्न सकिने र एउटामा आउने सम्पूर्ण कल अर्को नम्बरमा डाइभर्ट हुने कल ट्रान्सफरको सुविधा पनि सोही मिति देखि निःशुल्क भएको छ ।
त्यसैगरी, टेलिफोन ब्यस्त हुँदा आउने कल अर्को नम्बरमा डाइभर्ट हुने, ६ पटकसम्म घण्टी बजेर पनि फोन नउठेमा अर्को नम्बरमा डाइभर्ट हुने, आवश्यक पर्ने समयमा अलार्मको रुपमा टेलिफोनमा घण्टी बजाउन वा समय सूचकको रुपमा प्रयोग गर्न सकिने वेक अप कल र टेलिफोनमा कुरा भइरहेको बेला अर्को कल आएको थाहा पाउन प्रयोग गरिने कल वेटिङ सुविधा पनि निःशुल्क गरिएको छ ।
टेलिफोन सेटमा आफूले राखेको लकिङ कोड आफैंले टेलिफोन सेटबाट परिवर्तन गर्दा समेत अब शुल्क नलाग्ने टेलिकम प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।
एनका अनुसार कलर आईडी सुविधा लिनका लागि दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नुपर्ने छ भने अन्य सुविधा भने ग्राहकले आफैं नै लिन सक्नेछन् । यसका लागि कम्पनीले विभिन्न कोडको व्यवस्था गरेको छ । यसका लागि नजिकको दूरसञ्चार कार्यालयबाट थप जानकारी लिन सकिने वैद्यको सुुझाव छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago