काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै देशको आर्थिक संकट मोचन गर्न तत्काल उचित कदम चाल्न आग्रह गरेको छ।
बालुवाटार पुगेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज बिहान प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाउँदै देशको अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भइरहेको र जनतालाई बाँच्नसमेत धौ–धौ भइरहेकोले राहातका लागि उचित कदम चाल्न आग्रह गरेका हुन्।
२० बुँदे मागसहितको ज्ञापनपत्रमा मजदुर, किसान र सर्वसाधारण जनताले महँगीकै कारण दैनिकजसो आत्महत्या गर्न थालेको उल्लेख छ। बढ्दो महँगी नियन्त्रण गर्न पनि माग गरिएको छ।
महँगी बढ्दै जाँदा जनतामा निराशा र राजनीतिप्रति नै वितृष्णा देखिएको ज्ञानपत्रमा उल्लेख छ। ‘आमजनताका समस्या समाधान गर्दै निराश हुनबाट जोगाउनु सरकारको कर्तव्य हो’, ज्ञापनपत्रमा उल्लेख छ।
देशको अर्थतन्त्रमा सुधार ल्याउनका लागि तत्काल अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन एकीकृत समाजवादीले आग्रह गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago