काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र आज माघ २६ गतेबाट बिक्री खुला गरेको छ।
बैंकले ‘१०.३०% स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ नामक ऋणपत्र बिक्री खुला गरेको हो। बैंकले यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल २४ लाख इकाइ बिक्री गर्नेछ।
कुल इकाइमध्ये बैंकले १४ लाख ४० हजार इकाइ व्यक्तिगत तबरबाट र बाँकी ९ लाख ६० हजार इकाइ सर्वसाधारणका लागि जारी गरिएको छ। सर्वसाधारणका लागि जारी गरिने कुल इकाइमध्ये ५ प्रतिशतले हुन आउने ४८ हजार इकाइ सर्वसाधारणका लागि छुट्याइएको छ भने बाँकी ९ लाख १२ हजार इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि १ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। यसका लागि सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिनेछ।
यो ऋणपत्रको निष्कासन बन्द छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गते हुनेछ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकको यो ऋणपत्र ५ वर्षे अवधिको हो। यसमा लगानीकर्ता वार्षिक १०.३० प्रतिशत ब्याज पाउनेछन्।
यो ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago