काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र फेसन ब्रान्ड उत्पादक कम्पनी केड कम्पनी प्रालिबीच भुक्तानीसम्बन्धी सम्झौता भएको छ। 

सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र केडका तर्फबाट प्रबन्ध निर्देशक दिप्रिना शाक्यले हस्ताक्षर गरे। उक्त समझदारीपश्चात भुक्तानी एकीकरण गरिने र इसेवाका ग्राहकले केडका सामान खरिद गर्दा वेब चेकआउट र एपबाट सजिलैसँग भुक्तानी गर्न सक्नेछन्। 

सम्झौता कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले इसेवाका लाखौँ ग्राहकले केडका गुणस्तरीय सामान खरिद गर्दा सहज तरिकाले भुक्तानी गर्न सकिने आउँदा दिनमा सहकार्यबाट बढी फाइदा दिन सकिने कुरा व्यक्त गरे। 

यस्तै केडकी प्रबन्ध निर्देशक दिप्रिना शाक्यले सम्झौताले इसेवाका ग्राहकलाई केडका सामान किन्दा भुक्तानी गर्न सहजतामात्र नभई केड र इसेवाबीच रणनीति साझेदारीको ढोका पनि खोलेको धारणा व्यक्त गरे। 

हाल इसेवाको सेवा एन्ड्रोइड तथा आईओएस मोबाइलमार्फत करिब ७० लाख ग्राहकले सेवा लिइरहेका छन्। 

यसैगरी देशभर रहेका १ लाख ८५ हजारभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन्। इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ।

गुण समूहद्वारा स्थापित र प्रवर्द्धित केड कम्पनी प्रालिले विगत ५ महिनादेखि केड ब्रान्डका फेसन प्रडक्ट उत्पादन गर्दै आएको छ। दरबारमार्गको दरबार मलको पहिलो तल्लामा रहेको केडले छोटो समयमै ग्राहको मन जित्न सफल भएको छ।