काठमाण्डौ । महाशिवरात्रि पर्वका अवसरमा भोलि शनिबार गौशालास्थित पशुपति क्षेत्रमा दिनभर यातायात प्रभावित हुने भएको छ।
पशुपति क्षेत्रमा आज रातिदेखि नै दर्शनार्थीको भीडभाड हुने भएकोले आवश्यकताअनुसार सवारी साधनलाई डाईभर्सन गरिने भएको छ। गौशालातिर जाने सवारीसाधनलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी मोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाईभर्सन गरिने काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी महाशाखाद्वारा जारी सूचनामा उल्लेख छ।
यसैगरी मालवहाक सवारीसाधानलाई भने तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिनेछ। गौशाला क्षेत्रमा शनिबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न चालकलाई अनुरोध ट्राफिक प्रहरीले आग्रह गरेको छ।
यस्ता छन् सवारीमार्ग निर्धारण
बस तथा माइक्रोबस
मालवाहक सवारीसाधनहरु
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19