काठमाण्डौ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमीटेडले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गरेको छ ।
फागुन ८ गते(आज)देखि कम्पनीले आफ्नो जारी पूँजीको १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र सर्वसाधारणका लागि छुट्याइएको कुल सेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निश्कासन तथा बिक्री खुल्ला गरिएको हो ।
यो कम्पनीको जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँ रहेको छ । यस हिसाबले कम्पनीले ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको रु. १०० अंकित दरका ५ लाख ४४ हजार ५३ कित्ता साधारण सेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र नौमूले द्वारी ३ दैलेखमा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि २ लाख ७२ हजार २६ कित्ता सेयर तथा आयोजना प्रभावित क्षेत्र दैलेख जिल्ला(नौमूले द्वारी ३ बाहेक)का स्थानीय बासिन्दाहरुका लागि २ लाख ७२ हजार २७ कित्ता सेयर निश्कासन गरेको हो ।
यसैगरी, जारी पूँजीको २० प्रतिशत अर्थात १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको रु. १०० अंकित दरका १० लाख ८८ हजार १०७ कित्ता सेयरमध्ये १ लाख ८ हजार ८११ कित्ता साधारण सेयर(सर्वसाधारणमा निश्कासन गर्ने सेयरको १० प्रतिशत) वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निश्कासन तथा बिक्री खुल्ला गरिएको हो ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि खरीद आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावितका लागि निश्कासन छिटोमा फागुन २५ गतेसम्म र ढिलोमा चैत ७ गतेसम्ममा बन्द हुनेछ ।
यस्तै, वैदेशिक रोजगारीमा रहेकाहरुले छिटोमा फागुन २५ गतेभित्र आइपीओ खरीदका लागि आवेदन दिइसक्नुपर्नेछ ।
आइपीओ निश्कासन गरेको यो कम्पनीले हाल ३.७५ मेगावाट क्षमताको द्वारी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको कुल लागत प्रति मेगावाट १९ करोड ५१ लख ९४ हजार रुपैयाँ रहेको छ । यस्तै आयोजनाको कुल लागत ७३ करोड १९ लाख ७८ हजार ८०८ रुपैयाँ रहेको छ ।
आयोजनाको लगानी फिर्ता हुने अवधि(सिम्पल पेब्याक पिरियड) ८.२४ वर्ष तथा डिस्काउन्टेड पेब्याक पिरियड २०.४१ वर्ष रहेको छ ।
कम्पनीको धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइसी एशिया क्यापिटलले काम गरिरहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19