काठमाण्डौ । चालु आर्थिक वर्ष २०७९–८० का लागि सरकारले गहुँको समर्थन मूल्य निर्धारण गरेको छ। 

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले चालु आर्थिक वर्षका लागि सरकारले प्रतिक्विन्टिल ३ हजार ३५१ रुपैयाँ समर्थन मूल्य तोकेको हो। 

अब व्यापारीहरुले किसानबाट यही समर्थन मूल्यमा गहुँ किन्नुपर्ने हुन्छ। यदि यो मूल्यमा व्यापारीले किसानबाट गहुँ नउठाएमा सरकारले समर्थन मूल्यमा किन्न सक्छ।

सरकार मातहतको खाद्य कम्पनीले किसानबाट यही समर्थन मूल्यमा गहुँ किन्नुपर्ने हुन्छ।