काठमाण्डौ । लक्ष्यअनुसार राजश्व संकलन हुन नसक्दा सरकारी खाता निरन्तर ऋणात्मक बन्दै गएको छ। आम्दानीभन्दा खर्च धेरै हुँदा सरकारको खाता ऋणात्मक बन्दै गएको हो।
महालेखा नियन्त्रकको कार्यायलले फागुन ११ गतेसम्म सरकारी खाता १ खर्ब २७ अर्ब रुपैयाँले ऋणात्मक बनेको जनाएको छ। अर्थात आम्दानीभन्दा खर्च धरै भएको हो। बिहीबारसम्म सरकारी खातामा ५ खर्ब ७४ अर्ब ४२ करोड ३ लाख रुपैयाँ जम्मा भएको छ भने कुल खर्च ७ खर्ब १ अर्ब ४२ करोड ४२ लाख रुपैयाँ भइसकेको महालेखाको तथ्यांकले देखाएको छ।
सरकारले बिहीबारसम्म ५ खर्ब ३४ अर्ब ६५ करोड १५ लाख रुपैयाँ राजश्व संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ३५ अर्ब ७३ करोड ५१ लाख रुपैयाँ राजश्व उठाइएको थियो।
यस अवधिमा सरकारलाई करमार्फत ४ खर्ब १ अर्ब ८३ करोड ८१ लाख रुपैयाँ र गैरकरमार्फत ५२ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ प्राप्त भएको छ भने ४ अर्ब ८० करोड २० लाख रुपैयाँ अनुदान पाएको छ। यस्तै अन्य शिर्षकमा ३४ अर्ब ९६ करोड ६ लाख रुपैयाँ सरकारले प्राप्त गरेको महालेखाले जनाएको छ।
त्यसैगरी महालेखाको तथ्यांकअनुसार बिहीबारसम्म खर्चतर्फ चालु शीर्षकमा ५ खर्ब ५४ अर्ब ५० करोड ५ लाख रुपैयाँ खर्च भएको छ। विकास खर्चतर्फ ७१ अर्ब ३२ करोड ४९ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ७५ अर्ब ५९ करोड ८ लाख रुपैयाँ खर्च भएको छ। यी तीन शिर्षकमा सरकारले क्रमशः ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख रुपैयाँ, ३ खर्ब ८० अर्ब ३ करोड ४५ लाख रुपैयाँ र २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago