काठमाण्डौ। नेकपा एमालेका मन्त्रीहरुले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका छन्।

आजै बसेको एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो। सोही निर्णयलगत्तै एमालेका मन्त्रीहरु बालुवाटर पुगेर प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन्। 

प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्रीसहित ८ मन्त्री सहभागी थिए। जसमा परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षामन्त्री हरि उप्रेती, कृषिमन्त्री ज्वालाकुमारी शाह, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र भूमिसुधारमन्त्री राजेन्द्रकुमार राई थिए।