काठमाण्डौ । मन्त्रीपरिषदको बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको बैठकले दूधको मूल्य प्रतिलिटरमा ९ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो ।
बैठकमा केही दिनअघि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट पेश भएको दूधको मूल्य बढाउने प्रस्तावमा छलफल गरी प्रतिलिटर रु. ९ ले वृद्धिको निर्णय भएको क्याबिनेट स्रोतले जानकारी दिएको छ ।
अब किसानले बिक्री गर्ने दूधको मूल्य प्रतिलिटर ६५ रुपैयाँ पुगेको छ । आजसम्म प्रतिलिटर रु. ५६ थियो ।
काठमाण्डौका विभिन्न घरधूरीमा दूध लगेर बिक्री गर्नेहरुले प्रतिलिटरकै रु. १०० सम्म लिने गरेका थिए । अब त्यस्तो मूल्य पनि बढेर १०९ रुपैयाँ पुगेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19