काठमाण्डौ । सानिमा बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा “बचत र क्यासब्याक सँगसँगै” योजना सार्वजनिक गरेको छ।
उक्त योजना २०७९ चैत्र १ गतेसम्म लागू हुनेछ। योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ जारी गरिनेछ।
यसका साथै ग्राहकहरुलाई कार्ड वा क्यूआर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा रु. ५०० सम्मको क्यासब्याक प्रदान गरिनेछ। क्यासब्याक २०७९ चैत्र १७ गतेसम्म गरिने कारोबारमा लागू हुनेछ।
सानिमा बैंकले नारीहरुको सम्मानमा यो योजना ल्याएको हो। सानिमा नारी बचत खाता अनलाइन खोल्नका लागि बैंकको वेबसाइट अथवा https://onlineaccount.sanimabank.com/#/login मा क्लिक गरी खोल्न सकिनेछ।
सानिमा बैंकको सातै प्रदेशमा १३० कार्यालय र १२३ वटा एटीएम सञ्जालहरु सञ्चालनमा रहेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19