काठमाण्डौ । निर्वाचन आयोगले उपराष्ट्रपति चयनका लागि हुने निर्वाचनको तयारी पूरा भएको जनाएको छ। 

निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै उपराष्ट्रपति निर्वाचनका लागि भोलि शुक्रबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने जनाएको छ। यो अवधिमा मतदानमा सहभागी भई स्वविवेक प्रयोग गरी मतदान गर्न निर्वाचक मण्डलका सदस्यहरुलाई आयोगले आग्रह गरेको छ। 

उपराष्ट्रपतिका लागि जसपाबाट रामसहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उम्मेदवार छन्।

प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य र प्रदेशसभा मतदान गर्न पाउँछन्।