काठमाण्डौ । युनिलिभरको “विश्वलाई दिगो साझा बासस्थान बनाउने” प्रतिबद्धताको एक अंश रूपमा यसले ‘हिमाल सरसफाई अभियान २०२३’ मा नेपाली सेनासँग हातेमालो गरेको छ। नेपाली सेनासँग यस महान पहलमा हातेमालो गर्न र योगदान दिन पाउँदा कृतज्ञ रहेको कम्पनीले जनाएको छ।

युनिलिभरले नेपालका लागि जे राम्रो छ त्यसको पक्षमा उभिने र विश्वास गर्ने हुनाले हिमालयलाई फोहोरबाट स्वच्छ राख्न राष्ट्रिय सरसफाइ कार्यक्रमसँग युनिलिभरको यो तेस्रो सहकार्य हो। हिमालको संरक्षण गर्ने र चुचुरो÷हिमालहरु सरसफाइ गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले बहुपक्षीय कार्यक्रम सञ्चालन गरिएको हो।

यस वर्षको अभियानअन्तर्गत सगरमाथा, लोत्से, अन्नपूर्ण, बरुणत्से हिमालहरुको सफाइ गर्दैै ३५ टन फोहोर संकलन गर्ने लक्ष्य राखेको छ।

फोहोरमुक्त विश्वका लागि चक्रीय आर्थिक प्रणालीको दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहँदै आएको छ। फोहोरमैला व्यवस्थापनमा लापरबाहीले हिमालहरुको सौन्दर्यलाई तहसनहस पार्नुका साथै हाम्रो विश्वको वातावरणीय स्वास्थमाथि जोखिम उत्पन्न गरिरहेको छ।

युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले भने, ‘यस निरन्तर सहकार्यमार्फत हामीले यस वर्ष फोहोर संकलन, छुट्याउने, सञ्चित फोहोरको पुनः प्रयोगमा नयाँ कीर्तिमान कायम गर्ने लक्ष्य राखेका छौँ।’

नेपाललाई आफ्नो शिखरहरुका लागि गौरव कायम राख्न सहयोग गरी नेपालको सेवामा क्रियाशील रहेको उल्लेख गर्दै उनले युनिलिभरले हिमालहरुको सफाइभन्दा अर्को राम्रो कारण फेला नपारेको बताए। 

युनिलिभर पृथ्वीको वातावरणीय स्वास्थ्य सुधार गर्न प्रतिबद्ध छ। प्लास्टिकको प्याकेजिङयुक्त फोहरको सम्बोधनका लागि कडा मेहनत गर्ने यसले उद्देश्य राखेको छ। विशेषगरी साझेदारी र सहयोगको माध्यमबाट जसले यसका कार्यसञ्चालनहरुभन्दा पर रहेर परिवर्तनलाई हाँक्दछन्।  अन्तिम उद्देश्य फोहोर व्यवस्थापनका लागि चक्रीय आर्थिक प्रणाली सिर्जना गर्नु हो।  

‘हामी विश्वलाई सबैका लागि उत्तम दिगो स्थान बनाउन प्रतिबद्ध छौँ र आउँदा दिनहरुमा यस्ता कार्यक्रमहरुमा निरन्तर सहभागी हुनेछौँ” मुखर्र्जीले भने।