काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशरण महतले अर्थतन्त्रमा केही दबाब रहे पनि निराश भइहाल्नुपर्ने अवस्था नरहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो धारणा राखेका हुन्। ‘अर्थतन्त्रका सूचकहरु नकारात्मकमात्रै छैन, विदेशी विनिमय सञ्चिती राम्रै छ’, उनले भने, ‘४ प्रतिशत माथिको आर्थिक वृद्धि अहिलेको परिस्थितिमा सन्तोषजनक हो।’
अर्थमन्त्री महतले साधरण खर्चमा धेरै शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षासँग जोडिए पनि घटाउनुपर्ने क्षेत्रमा खर्च घटाउने प्रतिबद्धता जनाए। ‘अनावश्यक साधरण खर्च निर्ममताका साथ घटाइनेछ’, उनले भने।
ब्याजदरको समस्या सम्बोधन हुने पनि महतले प्रतिबद्धता जनाए। ‘सरकारले सकारात्मक मनोबल बढ्ने गरी कदम चालेको छ’, उनले भने।
लगानीको वातवरण सहज बनाउन अल्पकालीन र मध्यमकालीन योजनाका साथ सरकारले काम गर्ने पनि महतले बताए। ‘लगानीको वातावरण सहज गराउने र ढिलासुस्ती गर्ने प्रवृत्ति हटाउन आवश्यक छ’, उनले भने।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago