काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । 

प्रारम्भिक रुझान हेर्दा वरिष्ठ उपाध्यक्षका तीनैजना उम्मेद्वारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठले उम्मेद्वारी दिएका थिए । 

एशोसिएटतर्फको ९ सय मत गणना भइसक्दा ३६२ मतसहित रामचन्द्र संघाई अगाडि छन् । उनलाई अञ्जन श्रेष्ठले २९१ र उमेशलाल श्रेष्ठले २३८ मतले पछ्याइरहेका छन् । 

एशोसिएटपछि वस्तुगत र जिल्लानगरबाट वरिष्ठ उपाध्यक्षका लागि खसेको मत गणना हुनेछ । 

पहिलो चरणमा कुल खसेको मतको ५१ प्रतिशत कसैले नल्याए दोश्रो चरणको मतदान हुने व्यवस्था गरेको छ । 

यस्तै, महासंघको एशोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ निर्वाचित भएकी छिन्। उनले ८ सय ४६ मत पाइन् । 

उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको प्यानलबाट एशोसिएटतर्फको उपाध्यक्ष पदका साझा उम्मेद्वार भरत आचार्यले ७ सय ८१ मत मात्र पाए । दुईवटा प्यानलको साझा उम्मेद्वारलाई संघाई प्यानलकी श्रेष्ठले पराजित गरेपछि सो प्यानल उत्साहित देखिएको छ । 

एशोसिएटको मतगणनामा वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाईले अग्रता लिनुको कारण पनि त्यही देखिन्छ । 

हालसम्म एफएनसीसीआईमा संघाई प्यानलबाट दुई र उमेशलाल श्रेष्ठ प्यानलबाट एक जना उपाध्यक्ष निर्वाचित भइसकेका छन् । 

जिल्ला नगरको उपाध्यक्षमा संघाई प्यानलबाटै सुरकृष्ण बैद्य विजयी भएका हुन् । 

वस्तुगत उपाध्यक्षमा भने उमेशलाल प्यानलका हेमराज ढकाल निर्वाचित भए ।