काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आज आइतबारदेखि क्यूआर भुक्तानी टेलर सेवा सुरु गरेको छ। यसबाट ग्राहकहरुलाई स–साना रकम झिक्न पनि चेक बुक तथा डेबिट कार्डको अनावश्यक प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्त बनाएको छ। 

यो सेवा लिनका निम्ति मोबाइल बैंकिङ सेवा सुचारु भएका ग्राहकले संस्थाका कुनै पनि शाखा वा विस्तारित काउन्टर कार्यालयमा गई क्यूआर स्क्यान गरेर रकम भुक्तानी प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। यसको भुक्तानी सीमा भने मोबाइल बैंकिङको भुक्तानी सीमाअनुरुपकै रहनेछ। 

नयाँ वर्षको सुरुआतसँगै नयाँ सेवा प्रवाह गरेको फाइनान्सका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रमोद भट्टराईले यस सेवाको उद्घाटन गर्दै क्यूआर भुक्तानी सेवाको प्रयोग गरी सुरक्षित र भरपर्दो विद्युतीय बैंकिङ कारोबार गर्न सम्पूर्ण ग्राहकलाई अनुरोध गरे। 

एटीएम, मोबाइल बैंकिङ, ई–बैंकिङ, आईपीएस, कनेक्ट आईपीएस, क्यूआर पेमेन्ट, सी–आस्बा, डिम्याटलगायत प्रविधिमा आधारित आधुनिक डिजिटल बैंकिङ तथा रेमिट्यान्स सेवाहरुको उपलब्धता रहेको प्रोग्रेशिभ फाइनान्सले हाल २२ वटा शाखा तथा ४ वटा विस्तारित काउन्टरमार्फत सम्पूर्ण बैंकिङ सेवा प्रवाह गरिरहेको छ।