काठमाण्डौ । सरकारले अर्थ मन्त्रालयमा तीनजना आर्थिक सल्लाहकार नियुक्त गरेको छ।
सरकारले प्रमुख आर्थिक सल्लाहकारमा अर्थशास्त्री डा. विश्व पौडेल, अर्थविद् डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई नियुक्त गरेको हो। पौडेल र पाण्डे अवैतनिक सल्लाहकार हुनेछन्। उनीहरु दुवै राज्यमन्त्रीसरह नियुक्त भएका हुन्।
पौडेल राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष र पाण्डे पूर्वसदस्य हुन् भने भट्ट नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशक छन्। भट्ट राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख छन्।
सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्छ। अहिले अर्थमन्त्री डा. प्रकाशशरण महत बजेट निर्माणमा जुटिरहेका छन्। उनले बजेट निर्माण गर्न सल्लाहकार समूह निर्माण गर्न लागेका हुन्।
अर्थमन्त्री महतले अर्थतन्त्रमा समस्या रहेको र त्यसलाई समाधान गर्न महत्वपूर्ण नीतिगत सुधारहरु गर्नुपर्ने बताउँदै आएका छन्। उनकै चाहनामा प्रमुख आर्थिक सल्लाहकार बनाइएको हो।
पाण्डे खासगरी अन्तर्राष्ट्रिय व्यापार मामिलामा जानकार छन्।
व्यक्तिहरु नहुँदा समस्या भएको थियो। व्यवस्थापन, अर्थशास्त्र र मौद्रिक नीतिलगायतमा डा भट्ट विज्ञ मानिन्छन्। त्यसैले उनलाई अर्थ मन्त्रालय ल्याइएको हो।
पौडेल योजना आयोगको उपाध्यक्ष भइसकेको र समष्टिगत अर्थतन्त्रका बारेमा जानकार छन्।
यी तीन विज्ञबाट अर्थतन्त्र सुधारका लागि राम्रो नतिजा ल्याउन सकिने सरकारको बुझाइ छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago