काठमाण्डौ । मोदी इनर्जी लिमिटेडले वैशाख १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७२ लाख ५० हजार कित्ता आईपीओमध्ये सर्वसाधारणका लागि छुट्याइएको प्राथमिक सेयर बिक्री खुला गर्न लागेको हो।
कम्पनीले कुल कित्तामध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ।
यसैगरी ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ५९ लाख ९४ हजार ४२० कित्ता सेयरमा सर्वसाधारणले खरिद आवेदन पेस गर्न सक्नेछन्।
लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट दिन सकिन्छ।
यो आईपीओको निष्कासन बन्द छिटोमा वैशाख २४ गते र ढिलोमा जेठ २ गते बैंकिङ समयपछि हुनेछ।
मोदी इनर्जीको आईपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago