काठमाण्डौ । यहाँस्थित त्रिभुवन विमानस्थलबाट उडेलगत्तै एउटा इञ्जिनमा आगलागी भएको फ्लाइ दुबईको बिमान सुरक्षित ढंगले गन्तव्यतर्फ लागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दाबी गरेका छन् । 

केहीबेरअघि एक फेसबुक स्टाटस पोस्ट गर्दै मन्त्री किराँतीले त्यस्तो जानकारी गराएका हुन् । 

उनले स्टाटसमा लेखेका छन्-‘फ्लाइ दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ, कोही चिन्ता नगर्नुहोला, सबैलाई शुभयात्रा ।’

यसअघिउडेलगत्तै एउटा इञ्जिनमा आगो लागेर सो विमान सुरक्षित अवतरणको प्रयास भइरहेको विमानस्थलस्थित उड्डयन प्राधिकरणका कर्मचारीहरुले जानकारी गराएका थिए । सो बिमानमा ४९ जना नेपालीसहित १६९ यात्रु रहेका थिए ।