काठमाण्डौ । सरकारले नवीकरण नगरेका ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नवीकरण नगरेका ती ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरेको हो। सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि मन्त्रालयबाट अनुमति पाएका तर चैत मसान्तसम्म नवीकरण नगरेका व्यवसायीहरुको इजाजतपत्र खारेज गरिएको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले चालु आर्थिक वर्ष २०७९–८० का लागि २०७९ चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीहरुलाई सूचित गरेको थियो। तोकिएको समयसीमाभित्र नवीकरण नगरेकाले इजाजतपत्र स्वतः खारेज भएको मन्त्रालयले जनाएको छ।

यी हुन् खारेजीमा परेका निर्माण व्यवसायीहरु–