काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० जारी गरेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार उक्त अध्यादेश जारी गरेका हुन्।
हिजो मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष अध्यादेश पठाउने निर्णय गरेको थियो। सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि उक्त अध्यादेश ल्याएको हो।
मिटरब्याज पीडितहरुसँग गत चैत १७ गते गरेको सहमतिअनुसार सरकारले कानुन संशोधन गर्न अध्यादेश ल्याएको हो। यो अध्यादेशमार्फत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि संहितामा संशोधन गरिनेछ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago