काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी निलम्बनमा परेका छन्।
एमालेले सचिव रायमाझीलाई निलम्बन गरेको हो। राज्यले गर्ने छानबिनमा सहयोग पुर्याउन अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमार्फत उल्लेख छ।
यो प्रकरणमा मुछिएपछि रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। हाल उनी फरार छन्।
सोही प्रकरणमा रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19