काठमाडौ। स्वतन्त्र सांसद अमेरशकुमार सिंहले व्यापारिक लाइसेन्स वितरणको प्रक्रिया विरोध गरेका छन्।
प्रतिनिधिसभामा आज प्रि–बजेट छलफलमा अमेरशकुमार सिंहले अहिले थालिएको व्यापारिक लाइसेन्स वितरणको प्रक्रियाको विरोध गरेको हुन्। ‘सरकारले लाइसेन्स वितरण गर्दैछ। जहाँ सबैभन्दा धेरै कमाइ छ’, उनले भने, ‘अर्थमन्त्रीलाई नयाँ लाइसेन्स दिन दबाब आइरहेको स्वयं अर्थमन्त्रीलाई नै थाहा होला। क–कसबाट दबाब आइरहेको उहाँले प्रस्ट पार्नुहोला।’
ेनागरिक उड्डयन प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, नेपाल राष्ट्र बैंकहरुजस्ता निकाय अटोनोमसभन्दा ब्युरोक्र्याटिक बढी भएको सिंहले बताए। ‘यी नियमनकारी निकायहरु लेस ब्युरोक्र््याटिकभन्दा अटानोमस बढी हुनुपर्छ’, उनले भने, ‘त्यसपछि मात्र यी निकायबाट प्रभावकारी काम हुन्छ।’
पहिला राष्ट्र बैंकले धमाधम बैंकहरु खोल्न लाइसेन्स दिएको उल्लेख गर्दै उनले भने, ‘अहिले मर्जरको नीति लिइरहेको छ। फेरि त्यस्तै परिस्थिति नआओस्। फेरि पछि मर्जर गर्ने।’
उदाहरण दिँदै सिंहले भने, ‘एउटालाई पोखरी खन्न लगायो र फेरि त्यही पोखरी बन्द गर्न अर्कोलाई माटो पुर्न लगायो। तर, त्यो कागजमै सीमित रह्यो।
बजेटबाट जनताको खल्ती पैसा कसरी आउँछ ? भनेर उनले सरकारसँग प्रश्न पनि गरे। ‘आज नेपाली जनताको खल्ती आलु र किन्न पनि पैसा छैन, त्यसो पैसा गयो कहाँ ?’, उनले प्रश्न गरे।
सांसद सिंहले प्रभावकारी रुपमा राजस्व संकलन किन भएन ? भनेर अर्को प्रश्न पनि सरकारसँग गरे। ‘झन्डै अढाइ खर्ब राजस्व उठेन। १ खर्ब भन्सारबाट घाटा लागेको छ। ६० अर्ब आन्तरिक राजस्व कार्यालयबाट उठेन र १ खर्ब रुपैयाँको स्मगलिङ भएको छ’, उनले भने, ‘यो सबै सरकारको नीति, नियम र नियतका कारण भएको हो।’
कोभिडअघि यस्तो अवस्था आएको नआएको सिंहले बताए। ‘तर कोभिडपछि समस्या आएको छ’, उनले भने, ‘यो सबै सकारको गलत आर्थिक नीतिका कारण हो।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19