काठमाण्डौ । सरकारले संरचनागत सुधार गरी अर्थतन्त्रमा आमूल सुधार गर्ने उद्घोष गरेको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेल यस्तो घोषणा गरेका हुन् ।
उनले अर्थतन्त्रमा संरचनागत सुधार गर्ने, पूँजीगत खर्च वृद्धि गर्ने, उत्पादन र रोजगारी वृद्धि गर्ने र हरित अर्थतन्त्रको विकास गर्ने बताएका हुन् ।
आर्थिक परिसूचकमा लयमा फर्किदै गरेको उल्लेख गर्दै सरकारले अर्थतन्त्रमा विद्यमान समस्या समाधान गर्ने बताएको हो ।
हुण्डी लगायतका गैरकानूनी आर्थिक क्रियाकलापमा कडाईका साथ नियन्त्रण गर्ने समेत सरकारको नीति छ ।
सरकारले बजेट, नीति तथा कार्यक्रममा मानव सूचकांकमा पछाडि परेका प्रदेशहरु कर्णाली, मधेश र सुदुरपश्चिमलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ ।
वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन गरिने, सरकारी खर्चमा मितव्ययीता अपनाइने, आन्तरिक ऋणको सीमालाई बढी यथार्थपरक बनाउने, बजारमा तरलता संकुचन आउन नदिने अवस्था बनाउने, राजश्व प्रणालीलाई तीव्र सुधार गर्ने, वित्तीय क्षेत्रको लगानीलाई उत्पादनशील क्षेत्रमा केन्द्रीत गरिने, प्राथमिकताप्राप्त क्षेत्रमा प्रवाह हुँदै आएको कर्जा थप प्रभावकारी, लघुवित्तलाई व्यवस्थित गर्न प्रभावकारी नियमन र सुपरीवेक्षणको व्यवस्था गरिने लगायतका घोषणा समेत गरिएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19