काठमाण्डौ । सरकारले पहिलोपटक गाँजाखेतीलाई प्राथमिकतामा राखेको छ। 

आगामी आर्थिक वर्षको बजेटमा पहिलोपटक गाँजाखेतीलाई सरकारले प्राथमिकतामा राखेको हो। बजेट पेस गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले औषधिजन्य प्रयोजनका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययन गरिने जानकारी दिए। 

यसरी संसदमा पहिलोपटक गाँजाखेती प्रवर्द्धन गर्ने कुराले प्रवेश पाएको छ। अर्थमन्त्री महतले गाँजाखेतीलाई प्राथमिकताका साथ बजेटमा पेस गर्दा संसदमा उपस्थित सांसदहरुले ताली बजाएर स्वागत गरेका थिए। साथै संसदमा हाँसोको फोहोरा उठेको थियो।