काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले पुँजीबजारको अहिलेको परिदृश्यको जिम्मेवारी लिने कोही नभएको भन्दै सरकारको आलोचना गरेका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद पौडेलले पुँजीबजारको कुरा उठाउन गर्दै यस्तो धारणा राखेका हुन्। ‘अर्थतन्त्रको ऐना मानिने पुँजीबजारको अवस्थाले पनि हाम्रो अर्थतन्त्र कस्तो अवस्थामा छ भन्ने प्रस्ट हुन्छ’, उनले भने।
२०७७ भदौमा नेप्से परिसूचक ३२०० पुगेको स्मरण गराउँदै पौडेलले भने, ‘दैनिक २० अर्बको कारोबार हुन्थ्यो र बजारको पुँजीकरण कुल ग्रहस्थ उत्पादको हाराहारी अर्थात ४५ खर्ब पुगेको थियो। तर, अहिले नेप्से परिसूचक १९५० को वरिपरि झरेको छ। दैनिक कारोबार २ अर्बको हाराहारीमा झरेको छ र बजार पुँजीकरण २८ खर्बको हाराहारीमा खुम्चिएको छ।’
‘पुँजीबजारको यस्तो नकारात्मक परिदृश्यको जिम्मेवारी लिने कोही छैनन्’, उनले भने।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago