काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमा ३ वटा जिल्लामा छुट्याएको रकम ठूलो परिमाणमा नभएको स्पष्ट पारेका छन्। 

बजेटमा सांसदहरुले उठाएका प्रश्नको जबाफ दिँदै अर्थमन्त्री महतले यस्तो स्पष्टोक्ति दिएका हुन्। ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि पुँजीगततर्फ कुल रु. १२३ अर्ब विनियोजन रहेकोमा ३ वटा जिल्लामा छुट्याइएको रकम ठूलो परिमाणको होइन’, उनले भने।

कतिपय पहाडी जिल्लामा अझै पनि आधारभूत सडक पूर्वाधार अपर्याप्त रहेकोले आवश्यकताका आधारमा सडक आयोजनामा विनियोजन बढाउनुपरेको स्पष्ट पारे।