काठमाण्डौ । प्रतिनिधिसभामा आज आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट पारितका लागि प्रस्ताव पेस हुनेछ। 

बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट पारितको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको हो। 

यो प्रस्ताव पेस हुनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनियोजन विधेयक २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवम्  उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जबाफ दिने कार्यसूची छ। 

त्यसपछि सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८० अन्तर्गतका विभिन्न मन्त्रालयका खर्च कटौतीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।