काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रका सबैजसो सूचक सकारात्मक दिशातिर अगाडि बढिरहेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बुधबार बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जबाफ दिँदै प्रधानमन्त्री दाहालले आफूले सरकारको नेतृत्व गरेको ६ महिनामा देशको आर्थिक विकासमा प्रगति भएको दाबी गरे। ‘सबैजसो आर्थिक सूचकहरु सकारात्मक दिशातर्फ अगाडि बढ्दैछन्’, उनले भने, ‘पछिल्लो ६ महिनायता कुल विदेशी विनियम सञ्चिति २०.९ प्रतिशतले वृद्धि भएको छ। अब ९.७ महिनाको वस्तु तथा आयात धान्न सक्ने सुरक्षित अवस्थामा रहेका छौँ।’
यस्तै कुल वस्तु व्यापारको घाटामा १५.२ प्रतिशतले कमी आएको पनि प्रधानमन्त्री दाहालले जानकारी दिए। ‘रेमिट्यान्समा पनि उल्लेखनीय रुपमा वृद्धि भएको छ’, उनले भने।
प्रधानमन्त्री दाहालले गत वर्ष यही बेलालाई आधार मान्दा पर्यटक दोब्बर बढेको पनि बताए। ‘बैंकको ब्याजदर क्रमशः घट्दै गएको छ’, उनले भने, ‘वित्तीय क्षेत्रको लगानीको वातावरणमा सुधार आएको बताए।’
चुहावटमा कडाइका साथ नियन्त्रण गरिएपछि राजस्व परिचालनमा पनि क्रमशः सुधार आउँदै गएको पनि दाहालले बताए। ‘यी सबैलाई सरकारको उपलब्धिको मात्र नभई राष्ट्रकै सफलताका रुपमा लिन चाहेको छु’, उनले भने।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago